माछापुच्छ्रे बैंकद्वारा काठमाडौँको बानेश्वरमा हात धुने व्यवस्था

काठमाडौँ – माछापुच्छ्रे बैंकले आइतबारबाट काठमाडौँको अत्यन्त भिडभाड हुने नयाँबानेश्वर चोकमा ५ हजार लिटरको पानी ट्याङ्की तथा साबुन/स्यानिटाईजरको व्यवस्था गरेको छ।

माछापुच्छ्रे बैंक र महानगरीय प्रहरी कार्यालयको संयुक्त पहलमा हाल विश्वभरका अधिकांश देशमा देखिएको कोरोना भाइरसको संक्रमणबाट बच्नको लागि साबुनपानीले हातधुन अनुरोध गर्दै काठमाडौँका विभिन्न स्थानमा साबुनपानीको व्यवस्था गरिएको हो।

बानेश्वर चोकमा आइतबार बिहान व्यवस्था गरिएको हातधुने ठाउँको महानगरीय प्रहरी कार्यालय रानीपोखरी काठमाडाँैका प्रमुख प्रहरी नायव महानिरीक्षक विश्वराज पोखरेल तथा माछापुच्छ्रे बैंकका निमित्त प्रमुख कार्यकारी अधिृकत सन्तोष कोइरालाले संयुक्त रुपमा उद्घाटन गरेका हुन्।

अत्यावश्यक कामका लागि बाहिर निस्किने आम नागरिकको स्वास्थ्यलाई ध्यानमा राख्दै बैंकले बानेश्वर चोक लगायत काठमाडौँ तथा भक्तपुरका अत्यन्त भिडभाड हुने प्रमुख १६ स्थानहरुमा हातधुने ठाउँको व्यवस्था गरेको हो।

बैंकले अत्यावश्यक बाहेकका अन्य कामको लागि सकेसम्म बाहिर ननिस्किन आग्रह गर्र्दै बैंकिङ्ग कारोबारका लागि बैंकले प्रदान गर्दै आइरहेका विभिन्न डिजिटल भुक्तानिका माध्यमहरुको उपयोग गर्न सबैमा आग्रह गरेको छ।

चैत्र ९, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्

सम्बन्धित वर्गका समाचारहरू