कोरोनाको त्रासबीच यस्तो छ राजधानीकाे चहलपहल (फोटो फिचर)

काठमाडौँ– सरकारले अत्यावश्यक बाहेकका सबै सेवा बन्द गर्न सर्वसाधारणलाई आग्रह गरे पनि राजधानीमा कतिपय बजार क्षेत्र भने खुलै छन्।

विश्वभर महामारीको रुप लिएको कोरोना भाइरस (कोभिड–१९)को त्रास बढ्दै गएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार साँझ राष्ट्रका नाममा सम्बोधन गर्दै सर्वसधारणहरुलाई अत्यावश्यक बाहेकका अन्य सबै सेवा चैत ९ गतेबाट बन्द रहने घोषण गरेका थिए।

यद्यपि राजधानीको न्यूरोड, असन लागायतका क्षेत्रमा भने आइतबार पनि पसलहरु खुलेका छन्।

सामान्य अवस्थामा भन्दा पातलो भए पनि कपडा पसल, शैलुन, भाँडा पसल लगायका पसलहरु खुलेका छन्। अरु बेलाको जस्तो बजारमा भीडभाड भने देखिएको छैन।

यस्तै आइतबार दिउँसो प्रहरीले न्यूरोड, असन, इन्द्रचोक क्षेत्रका अत्यावश्यक बाहेक अन्य पसलहरु बन्द गराएको छ।

महानगरीय प्रहरी परिसरले भने पसलहरु बन्द गराएको नभइ सुरक्षात्मक उपायहरु अपनाउन आग्रह गरेको र फुटपाथहरु पूर्णतया बन्द गराएको जनाएको छ।

महानगरीय प्रहरी परिसरका प्रवक्ता होविन्द्र बोगटीले देश सञ्चारसँग भने, ‘हाम्रो आग्रहपछि केहीले पसल बन्द गरेका छन्।’

चैत ९, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्