चलचित्र छक्‍का पञ्‍जा-३ अब डिशहोमका च्यानल १०८ मा

काठमाडौँ-नेपाली चलचित्र छक्का पञ्‍जा-३ अब डिशहोमका च्यानल नं. १०८ मा हेर्न सकिनेछ।

डिसहोमले ग्राहकहरुको मनोरञ्जन लाई ध्यानमा राखेर विगत तिन वर्ष देखी सिनेमाघर १०८ संचालन गर्दै आएको छ।

यस्तै डिशहोमले केही समय अगाडी सिनेमाघर ८८८ पनि सञ्‍चालनमा ल्याएको छ।

दुवै च्यानलमा नयाँ र लोकप्रिय नेपाली सिनेमा प्रदर्शन हुने कम्पनीले जनाएको छ।

डिशहोमले संचालनमा ल्याएको सिनेमा घरमा सिनेमाहलको पहुँच नभएका दुर दराजका ग्राहकहरुले छानी छानी नयाँ-नयाँ नेपाली सिनेमा सजिलै हेर्न पाउने छन्।

यस्तै कम्पनीका अनुसार ९८०११९०९९० मा फोन गरेर दिएको निर्देशन अनुसार सिनेमा घरमा प्रदर्शन भईरहेको चलचित्र सजिलै खुलाउन सकिनुका साथै ग्राहक सेवा केन्द्रमाफोन गरेर एस एम एस पठाएर वा नजिकैको डिशहोम विक्रेताकोमा सम्पर्क गरेर समेत न्युनतम शुल्कमा सिनेमाघर खुलाउन सकिन्छ।

चैत्र ९, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्