हिमालयन बैंकका शाखामा स्यानिटाइजर र तापक्रम नाप्‍ने उपकरण

काठमाडौँ-नेपाल सरकारले विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरसको संक्रमणबाट सुरक्षित रहन तथा फैलिन नदिन गरेको विभिन्‍न निर्णयहरुलाई आत्मसाथ गर्दै हिमालयन बैंकले आफ्ना कर्मचारीहरु तथा ग्राहकहरुको सुरक्षाको लागि विभिन्‍न कदम उठाएको छ।

आइतबार विज्ञप्ती जारी गर्दै ग्राहक तथा कर्मचारीको सुरक्षाका लागि बैंकले आफ्ना शाखाहरुमा स्यानिटाइजर तथा तापक्रम नाप्ने उपकरण प्रयोगमा ल्याएको हो।

बैंकले आफू र आफ्नो नजिकका व्यक्ति संक्रमित नहुन् भन्नका लागि आफै सचेत हुनु जरुरी रहेकोले बैंकले आफ्ना शाखाहरुमा कर्मचारी तथा ग्राहकहरुका लागि आवश्यक स्यानिटाइजर राखी प्रयोग गर्न लगाएको जनाएको छ।

यस्तै बैंकले प्रत्यक्ष तथा दैनिक रुपमा विभिन्न व्यक्तिहरुसँग सम्पर्क गर्नु पर्ने भएकोले कर्मचारीहरु तथा ग्राहकहरुलाई कार्यलयमा प्रवेश गर्नुपूर्व अनिवार्य रुपमा शरिरको तपक्रम तथा स्यानिटाइजर दिने गरेको जनाएको छ।

बैंकले तापक्रम नापी निश्चित तापक्रम भन्दा बढि भएको ग्राहक तथा कर्मचारीलाई कोरोना भाइरसको बारेमा आवश्यक सचेतना प्रदान गर्ने तथा सुरक्षा रणनीति बताई चिकित्सकसंग आवश्यक परामर्श गर्न आग्रह गरेको छ।

चैत्र ९, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्

सम्बन्धित वर्गका समाचारहरू