ट्विङ्कल र अर्जुन कपूरको अपिल– ‘मुश्किल समयमा जनावरको साथ नछोडौँ, उनीहरुबाट कोरोना सर्दैन’

काठमाडौँ– कोरोना भाइरसबाट बढ्दै गएको खतराका बिच चलचित्र स्टार ट्वीङकल खन्ना र अजून कपूरले नागरिकलाई जनावरबाट रोग नसर्ने बारेमा जानकारी दिएका छन्। यी दुईले सामाजिक सञ्जालमा तस्बीर सार्वजनिक गर्दै आजसम्म जनावरको कारणले कोरोना भाइरस फैलिएको तथ्यांक नभेटिएको बताएका छन्। यसैले मुश्किल समयमा उनीहरुको साथ छोड्न नहुने उनीहरुले बताएका छन्।


आफ्नो पोस्टमा ट्वीङ्कलले लेखेकी छन्, ‘कुकुर र बिरालोबाट कोरोना सर्छ भन्ने अहिलेसम्म कुनै पनि प्रमाण फेला परेका छैन। भ्रामक सन्देश र जानकारीको कारण मानिसहरु आफ्नो घर पालुवा जनावरलाई बाटोमा छोड्दैछन्।’

यस्तै अर्जूनलले लेखेका छन्, ‘धेरै दिन बित्दा पनि जनावर कोरोना भाइरसबाट सुरक्षित छन्। यसैले दयालु बनौँ र मानव बनौँ। यस्तो अवस्थामा उनीहरुलाई असाहाय न छोडौँ।’ यो तस्बिरमा अर्जुन साइकलमा बसेका छन् र उनीसँग बाटोमा हिड्दै गरेको कुकुर देखिएको छ।

चैत्र ९, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्