सिद्धार्थ बैंक र चिरायु हस्पिटलबीच सम्झौता

काठमाडौँ-सिद्धार्थ बैंक लिमिटेड र काठमाडौँको बसुन्धारास्थित चिरायु नेशनल हस्पिटल एण्ड मेडिकल इन्टिच्युट प्रालिबीच छुट दिने सम्बन्धी सम्झौता भएको छ।

आइतबार बैंकका कर्मचारी तथा ग्राहकहरुलाई प्रदान गर्ने विभिन्न सेवा तथा सुविधाहरुमा २० प्रतिशत छुट दिने सम्बन्धी सम्झौता भएको हो।

सम्झौता अनुसार बैंकका कर्मचारी र कर्मचारीका सदस्यहरुले बैंकको डेबिट र क्रेडिट कार्ड मार्फत भुक्तानी गरी सो हस्पिटलमा स्वास्थ्य सेवा लिंदा २० प्रतिशतसम्मको छुट र बैंकका ग्राहकवर्गहरुले सेवा लिंदा १५ प्रतिशतसम्मको छुट प्राप्त गर्न सक्नेछन्।

उक्त सम्झौतापत्रमा सिद्धार्थ बैंकका तर्फबाट सहायक महाप्रबंधक सुरेशराज महर्जन र चिरायु हस्पिटलका तर्फबाट संचालन निर्देशक चन्देश्वर वैद्यले हस्ताक्षर गरेका हुन्।

बैंकले देशभर १८५ वटा शाखा (३ एक्स्टेन्सन् काउन्टर सहित), १०१ शाखारहित बैंकिङ्ग सेवा, २०५ एटिएम र १,६०० भन्दा बढी पिएसओ मेसिन मार्फत् बैैकिङ्ग सेवा प्रदान गर्दै आएको छ।

चैत्र ९, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्

सम्बन्धित वर्गका समाचारहरू