बाहुबली सिमेन्टले चलायो हात धुने र मास्क दिने अभियान

काठमाडौँ-कोरोनाको माहामारीले विश्‍व नै आतंकित भएको छ।

नेपालमा पनि कोरोना भाइरसको संक्रमणबाट जोगिन सरकारले विभिन्न कदमहरु चालेका छन्।

सरकारका उक्त कदमहरुलाई आत्मसात गर्दै बाहुबली सिमेन्टको उत्पादक बालाजी सिमेन्ट कम्पनीले एभरेस्ट प्यारेन्टरल्स् प्रा.ली.को सहकार्यमा नाक मुख मास्कले ढाक्ने र हात धुने अभियान नै चलाइएका छन्।

कम्पनीले कोरोना भाइरस फैलिन नदिन आइतबार आमनागरिकहरुलाई हातधुन स्यानीटाइजर र नाकमुख ढाक्न मास्क वितरण गर्ने कार्य अघि बढाएको छ । उक्त वितरण कार्य काठमाडौं उपत्यकाभित्रका धेरै भिडभाड हुने विभिन्‍न स्थानहरुमा गरिएको हो।

बालाजी सिमेन्ट कम्पनीका प्रवन्ध निर्देशक गौरव गाडियाले देश कोरोनाको त्रासबाट आक्रान्त भैरहेको यस घडीमा यहाँका नागरिकहरुलाई सीमित संख्य ामै भए पनि मास्क र स्यानीटाइजर वितरण गरेर उनीहरुको स्वास्थ्य सुरक्षित बनाउन सक्ने बताए।

उनले देशको एक उद्योग भएको नाताले यो हाम्रो सामाजिकदायित्व पनि हो र देशलाई परेको बेलामा साथ दिन हामी कहिल्यै पछि नपर्ने बताए।

उनले भने, ‘हाल काठमाडौं उपत्यकामावितरण गरिए पनि यदि आवश्यक परेमा यो अभियानलाई देशैभर फैलाउने लक्ष्य कम्पनीले लिएको छ।’

चैत्र ९, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्