‘होम क्वारेन्टाइन’मा बसेकालाई स्वास्थ्यकर्मीले साेध्छन्- एक्लै बस्नु भएको छ? कि घुलमिल हुनुभयो?

‘होम क्वारेन्टाइन’मा बसेकालाई स्वास्थ्यकर्मीले साेध्छन्- एक्लै बस्नु भएको छ? कि घुलमिल हुनुभयो?

विदेशबाट आएर कोभिड–१९ बाट बच्नका लागि ‘होम क्वारेन्टाइन’ रहेका नागरिकले लापरवाही गरेका छन्-छैनन् भन्नेबारे सरकारले निगरानीमा कडाई गरेको छ। फारम भरेर ‘होम क्वारेन्टाइन’मा रहेका उनीहरुलाई शनिबार महाशाखाका कर्मचारीले फोन गरेर सोध्दै थिए, ‘तपाईँलाई कस्तो छ ? ज्वरो आएको छर ? घाँटी दुखेको छ ? एक्लै बस्नु भएको छ कि घुलमिल हुनुभयो ?’