देशभर बदली, दिनभर कस्तो रहला मौसम?

काठमाडौँ – देशभरको मौसम सामान्यदेखि आंशिक बदली भएको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

पश्चिमी वायुको आंशिक प्रभाव तथा स्थानीय वायुको प्रभाव रहेकाले देशभरको मौसम बलदी भएको मौसमविदले बताएका छन्।

हाल देशको पूर्वी भू–भागमा सामान्य बदली रहेको छ भने मध्य र पश्चिमका पहाडी भेगमा आंशिक बदली भएको मौसमविदले जानकारी दिएका छन् ।

सोमबार दिउँसो पूर्वी पहाडी क्षेत्रमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू–भागमा आंशिक बदली रहनेछ।

पूर्वी पहाडि क्षेत्रका थोरै स्थानमा मेघ गर्जन र चट्याङ्गसहित क्षणिक वर्षाको सम्भावना रहेको जनाइएको छ।

राति पश्चिमी भू–भागमा सामान्य बदली रही बाँकी क्षेत्रमा आंशिक बदली हुने मौसमविदले बताएका छन्।

चैत १०, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्