क्यानडाले टोकियो ओलम्पिकमा आफ्ना खेलाडी नपठाउने

क्यानडाले अन्तर्राष्ट्रिय ओलम्पिक कमिटि (आइओसी) लाई टोकियो ओलम्पिक पछि सार्न आग्रह गरेको छ । क्यानडियन ओलम्पिक कमिटिले आइओसीलाई ओलम्पिक सार्न आग्रह गर्दै आफ्ना खेलाडी टोकियो नपठाउने जानकारी गराएको समाचार संस्था रोयटर्सले जनाएको छ ।

कोरोना भाइरसको महामारी फैलिएका बेला जोखिम लिएर खेलाडीलाई ओलम्पिकमा सहभागी गराउन नसक्ने क्यानडाले बताएको छ । टोकियोमा आउँदो जुलाई २४ मा ओलम्पिक सुरु हुने तालिका छ ।

तर आइओसीले ओलम्पिक सार्ने सम्बन्धमा छलफल भइरहेको जनाएको छ । यसअघि तोकिएकै मितिमा ओलम्पिक गर्ने बताउँदै आएको जापानका प्रधानमन्त्री सिन्जो ओबेले अवस्था उपयुक्त नदेखिएमा ओलम्पिक सार्ने सम्बन्धमा सोच्न सकिने बताएका छन् ।

अस्ट्रेलियाले पनि आफ्ना खेलाडीलाई ओलम्पिक सन् २०२१ का लागि तयारी गर्न आफ्ना खेलाडीलाई भनेको छ।

चैत्र १०, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्

सम्बन्धित वर्गका समाचारहरू