स्कुटर दुर्घटना हुँदा दाङमा एकजनाको मृत्यु

सांकेतिक तस्बिर।

दाङ – स्कुटर दुर्घटना हुँदा दाङमा एकजनाको मृत्यु भएको छ।

घोराहीबाट लमहीका लागि छुटेको गरेको रा ३ प ५४३० नम्बरको स्कुटर लमही–६ बेल्दमारमा दुर्घटना हुँदा घोराही उपमहानगरपालिका वडा नम्बर १८ निवासी ३२ वर्षे अमितकुमार धामीको मृत्यु भएको वडा प्रहरी कार्यालय लमहीले जानकारी दिएको छ ।

स्कुटर अनियन्त्रित भइ पल्टिएर दुर्घटना भएको प्रहरीले जनाएको छ । घाइते भएका धामीलाई उपचारको लागि फ्लोरेन्स अस्पतालमा लैजादै गर्दा बाटोमै मृत्यु भएको जनाइएको छ ।

चैत १०, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्