कोरोना भाइरसको संक्रमण नहोस् भनेर गाउँलेले दिए बोकाको बली

फाइल तस्बिर

सिमकोट – कोरोना भाइरसको संक्रमण नफैलियोस् भन्ने कामना गर्दै हुम्लाका दुई गाउँका बासिन्दाले सामूहिक रुपमा बोकाको बली दिएका छन् । आफ्नो गाउँमा कोरोना भाइरसको संक्रमण नभित्रियोस् भन्ने कामना गरी गाउँलेहरुले बोको बली दिइ पूजा गरेका हुन् ।

सिमकोट गाउँपालिकाको वडा नम्बर ५ र ६ का प्रत्येक घरधुरी मिलेर १५ हजार रुपैयाँ उठाइ बोका किनेर त्यसको बली दिएका हुन् ।

हरेक घरधुरीले आ–आफ्नो तर्फबाट विभिन्न रंगका धजा पनि बाँधेका थिए । यस्तो गर्नाले गाउँमा नयाँ रोगव्याधी नआउने विश्वास रहँदै आएको छ । वडा नम्बर ५ मा ३१४ र ६ मा २८९ घरधुरी रहेका छन् ।

चैत्र १०, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्