अमेरिकाबाट भ्रम फैलाउने युवक नेपाल भित्रिए लगत्तै पक्राउ पर्ने

काठमाडौँ – अमेरिकामा बसेर कोरोना भाइरसबारे जथाभावी भिडियो बनाउँदै आतंक श्रृजना गर्ने युवालाई जहिले नेपाल फर्के पनि पक्राउ गरेर कारबाही गर्ने सरकारले बताएको छ ।

मन्त्रीपरिषद्को आइतबार साँझ बसेको बैठकले अफवाह फैलाएर आतंक श्रृजना गर्ने नयनराज पाण्डेलाई जहिले नेपाल फर्के पनि पक्राउ गरेर प्रचलित कानुन बमोजिम कारबाही गर्ने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए ।

पाण्डेले शुक्रराज ट्रपिक तथा सरुवा रोग अस्पताल टेकुमा आफूले कोरोना भाइरसका कारण नेपालीको मृत्यु भएको देखेको भ्रामक भिडियो सामग्री बनाएर सामाजिक सञ्जालमा पोष्ट गरेका थिए ।

अमेरिकाको टेक्सास बस्दै आएका उनले आफूले अन्जानमा गल्ती गरेको भन्दै माफी मागेका छन् । सामाजिक सञ्जालमा आएका केही सामग्रीबाट प्रभावित भएको र आफूले गलत काम गरेको उनले उल्लेख गरेका थिए ।

उनले टिकटकमा पोस्ट गरेको भ्रामक सामग्री पनि डिलिट गरेको बताएका छन् ।

चैत्र १०, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्

सम्बन्धित वर्गका समाचारहरू