फोटो फिचर

सहरमा अझै मानिसहरुको बाक्लो चहलपहल (फोटो फिचर)

काठमाडौँ– अहिले कोरोना संक्रमणको जोखिमपूर्ण अवस्था छ। नेपालमा सोमबार नै एक जनामा कोरोना भाइरस संक्रमण भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ। कोरोनो भाइरसको संक्रमणबाट जोगिने एक महत्वपूर्ण सावधानी सामाजिक दूरी ‘सोसल डिस्ट्यानसिङ’ हो।

काठमाडौँको सडकहरुमा अझै यो सतर्कता अपनाएको देखिएको छैन। काठमाडौँका गल्लीहरु व्यस्त छन्। बाटोमा उल्लेख्य मात्रामा सवारीसाधनहरु गुडिरहेका छन्। बाटोमा मानिसहरु निर्धक्क रुपमा हिडिरहेका छन्।

सार्वजनिक यातायातसँगै निजी सवारी साधनमा मानिसहरु निर्धक्क यात्रा गरिरहेका देखिन्छ। यस्तै बुटिक, फोटोकपी पसल, किराना पसलमा मानिसहरुको आवतजावत बाक्लो छ।

सरकारले सोमबारबाट नै लामो दूरीका सवारी साधान सञ्चालनका लागि निषेध गरेको थियो।

चैत्र १०, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्