प्रहरी र पत्रकार मिलेर लुटपाट, मकवानपुरको पालुङमा ४ जना पक्राउ

काठमाडौँ- मकवानपुर प्रहरीले लुटपाटको आरोपमा तीन प्रहरी र एक जना पत्रकारलाई पक्राउ गरेको छ।

पक्राउ परेका तीनै जना प्रहरी महानगरीय प्रहरी वृत दरबारमार्गमा दरबन्दी भएका हुन्।

प्रहरी सहायक निरीक्षक (असई) सुरेन्द्र बेसेल तथा प्रहरी जवानहरु वीरबहादुर बस्नेत र हेमाकान्त पुन मगर र पत्रकार सुजन आचार्य  पक्राउ परेको मकवानपुर प्रहरीले जनाएको छ। उनिहरु हिरा लुटपाट गर्नेक्रममा पक्राउ परेको प्रहरीको दावी छ।

 

चैत्र १०, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्