सुनको मूल्यमा सामान्य बृद्धि

काठमाडौँ–साताको दोस्रो दिन सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार ७६ हजार पाँच सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य तोलामा पाँच सय रुपैयाँले बढेर ७७ हजार रुपैयाँमा कारोबार भइरहेको छ ।

तेजाबी सुनको मूल्य तोलामा पाँच सय रुपैयाँले बढेर ७६ हजार सात सय रुपैयाँमा कारोबार भइरहेको छ । आइतबार तेजाबी सुनको मूल्य ७६ हजार दुई सय रुपैयाँमा कारोबार भइरहेको छ ।

चाँदीको मूल्य तोलामा सात सय २० रुपैयाँमा कारोबार भइरहेको छ ।

चैत्र १०, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्