कोरोनाविरुद्ध सरकारले खडा गरेको कोषमा नेपाल बैंकले एक करोड दिने

काठमाडौँ– नेपाल बैंकले कोभिड १९ विरुद्ध सरकारले खडा गरेको विशेष कोषमा एक करोड रकम जम्मा गर्ने निर्णय गरेको छ ।

बैंकको संचालक समितिको बैठकले सरकारले बनाएको कोषमा एक करोड दिने निर्णय गरेको बैंकका  प्रमुख व्यवस्थापक लेखनाथ भुषाालले जानकारी दिए ।

बैंक संचालक समितिका अध्यक्ष बासुदेव अधिकारीले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत बैंकले सो निर्णय लिएको बताए ।

सरकारले कोरोना भाइरस नियन्त्रणको लागि ५० करोड रुपैयाँको फण्ड बनाउने निर्णय गरेको थियो ।

चैत्र १०, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्