धनगढी रंगशालामा दुई सय बेडको आइसोलेशन कक्ष

धनगढी-कोरोना भाइरसको संक्रमण पुर्व सर्तकर्ता अपनाउन सुदूरपश्चिम प्रदेशको राजधानी धनगढी स्थित रंगशालामा आइसोलेशन कक्ष निमार्ण शुरु गरिएको छ।

विश्वमा माहामारिको रुपमा फैलिरहेको कोरोना भाईरस (कोडिभ १९) भित्रिन नदिन र भित्रिसके पछिको अवस्थामा उपचारको व्यवस्थापनका निम्ती आईसोलेसन कक्ष निमार्ण गरिन लागेको हो।

सो क्षेत्रमा मात्रै २ सयभन्दा बढी वेड सम्मको आईसोलेसन कक्ष निमार्ण गरिन लागेको सुदूरपश्चिम प्रदेशका सामाजिक विकास मन्त्री कृष्णराज सुबेदीले जानकारी दिए।

जोखिमको पुर्वतयारी अन्र्तगत विश्व स्वाथ्य संगठनको मापदण्ड अनुसार धनगढी रंगशालामा नेपाली सेनाको सहकार्यमा निर्माण कार्य सुरु गरिएको उनले बताए। कर्भडहल स्थित खुला ग्राउण्ड र हलमा गरि २ सय भन्दा बढी बेड बनाइदैछ। भोली अर्थात मंगलबार सम्म सम्पुर्ण बेड तयारी अबस्थामा रहने मन्त्री सुबेदीले जानकारी दिए। अहिले नेपाली सेनाले आईसोलेशन कक्ष निर्माण गरिरहेका छन्।

यता,जिल्ला प्रशासन कार्यालयले अहिले २ बजेदेखि कोरोना भाईरसको रोकथामका लागि कैलालीमा निषेधाज्ञा जारी गरेपछि धनगढी बजार लगायत बजार क्षेत्र सुनसान भएका छन्। बजारहरु आज बिहानै देखि बन्द रहेपनि दिउसो २ बजे पछि प्रशासनले निषेधाज्ञा जारीसँगै हिडडुल समेत न्यून भएको छ।

भारतमा कोरोना भाईरसको संक्रमण बढेसंगै भारतको सीमा नाका संग जोडिएका यी शहरहरुमा आवात जावत देखि हिडडुलमा कडाई गरिएको छ। यस अघि आईतबार जिल्ला प्रशासन कार्यालय कंचनपुरले कर्फ्यू नै जारी गरेको छ। जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले जिल्लाभर अनिश्चितकालका लागि ‘कर्फ्यू’ आदेश जारी गरेको छ।

सोमबार विहान मात्र कैलालीको गौरीफण्टा नाका र कंचनपुरको गड्डाचौकी नाकाबाट ५ हजारभन्दा बढी नेपालीहरु नेपाल भित्रिएका छन्। विहान २ घण्टा सीमा पारि रोकिएका नेपालीलाई आउन दिईएको थियो।

अहिले भने पुन नाका पुर्णरुपमा बन्द गरिएको छ।सीमा पारी सयौं नेपालीहरु नेपाल प्रवेश गर्नका लागि लाइनमा बसेका छन्।

चैत्र १०, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्

सम्बन्धित वर्गका समाचारहरू