चौधरी ग्रुपले तयार पार्‍यो ‘कोरोना रेस्पोन्स टिम’

काठमाडौँ–विश्वभर फैलिएको कोरोना भाइरसबाट बच्न चौधरी फाउण्डेशनले ‘कोरोना रेस्पोन्स टिम’ तयार पारेको छ । नेपालका ‘विलिनियर’ विनोद चौधरीले ट्विटरमार्फत ‘कोरोना रेस्पोन्स टिम’ तयार पारेको जानकारी दिएका हुन् ।

उनले ट्विटरमा लेखेका छन्, ‘यो टिमले फाउन्डेशनको मुख्यालय काठमाडौँ, सीजीआईपी नवलपुर, बर्दिया र सुनसरीमा रहेका सम्बन्धीत निकायसँग समन्वय गरी काम गर्नेछ । सम्बन्धीत क्षेत्रमा कोरोना उपचारका लागि आवश्यक सहयोग पुर्‍याउनु यो टिमको लक्ष्य हो।

यस्तै उनका छोरा निरभान चौधरीले पनि ट्विटरमार्फत एक हजार भन्दा बढी कर्मचारीहरुको सुरक्षाका लागि स्यानिटाइजर, माक्स लगायतका सम्भव भएका सबै सुविधा दिने बताएका छन् ।

उनले सबै कर्मचारीहरुको ‘रेगुलर’ तापक्रम मापन गरिनुका साथै कोरोना भाइरसका बारेमा छिटोभन्दा छिटो सचेतना दिने कार्य पनि गर्ने बताए । कम्पनीले सेनिटाइजर पनि उत्पादन गर्ने उनले जानकारी दिए ।

वाइवाइका माध्यमबाट पनि कोरोना भाइरसका बारेमा सचेतना फैलाउने आफूहरुको योजना रहेको उनले बताए । उनका अनुसार कर्मचारीको स्वास्थ्यमा अचानक आइ पर्ने समस्या र स्वास्थ्य सम्बन्धी जानकारी चाहिएमा ‘हट लाइन’ को व्यवस्था गरिएको छ ।
कोरोना भाइरस चेक गर्ने उपकरण खरिद प्रक्रियामा रहेको उनले जानकारी दिएका छन् ।

चैत १०, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्