सेल पेले चैत ९ देखि १८ गतेसम्‍म नि:शुल्क रकम स्थानान्तरण गरिदिने

काठमाडौं-सेलकम प्रालिको सेलपे सेवाले हालको स्थितिलाई ध्यानमा राखी भिडभाड र हुलमुल कम गर्नको लागि चैत्र ९ गतेदेखि बैशाख १८ गतेसम्मका लागि रकम स्थानान्तरण सेवा नि:शुल्क उपलब्ध गराउने भएको छ।

हाल विश्व भरी फैलिदै गरेको कोरोना भाइरस ९कोविड १९० को संक्रमणबाट बच्नको लागि सरकारबाट कुनै पनि प्रकारको भिडभाड र हुलमुल नगर्न सुझाव आएसँगै सेलपेका ग्राहकहरुले सेलपे एपबाट घरमै बसी सरल र सहज माध्यमबाट वास्तविक समयमा कुनै पनि सेलपेमा आबद्ध भएका बैंकहरुका ग्राहकलाई रकम स्थानान्तरण गर्दा कुनै पनि सेवा शूल्क नलाग्ने ब्यवस्था गरिएको हो।

सेलपे सेवा मोबाइल तथा वेब एप्लिकेशन दुवै माध्यमबाट समयमा भुक्तानी, बिना वालेट कारोबार गर्न सकिने, सुरक्षित र लोयल्टी पोइन्टस पाईने कम्पनीले जनाएको छ।

सेलपेद्वारा दूर सञ्‍चार सेवा, विजुली, खानेपानी, टिभी, ईन्टरनेटको महशुल भुक्तानी, विभिन्‍न पसल, रेष्टुरेण्टमा भुक्तानी, एक बैंक खाताबाट अन्य बैंक खातामा रकम स्थानान्तरण, स्वदेश भित्र गरिने मनीट्रान्सफर लगायत भुक्तानी समयमा नै गर्न सकिने कम्पनीले जनाएको छ।

चैत्र १०, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्

सम्बन्धित वर्गका समाचारहरू