कोरोनाले मृत्यु हुनेको संख्या १५ हजार नाघ्यो, ३ लाख ५० हजार संक्रमित

लन्डन – कोरोना भाइरसका कारण विश्वभर मृत्यु हुनेको संख्या १५ हजार नाघेको छ। सोमबार साँझसम्म १५ हजार तीन सय २१ जनाको ज्यान गएको अन्तर्राष्ट्रिय सन्चार माध्यमहरुले उल्लेख गरेका छन्।

हालसम्म कोरोना संक्रमितको संख्या तीन लाख ५० हजार नाघेको छ। यीमध्ये एक लाख पाँच सय जना निको भएको जनाइएको छ। सोमबार मात्र स्पेनमा कम्तिमा चार सय १० जनाको ज्यान गएको छ। इरानमा एक सय २७, अमेरिकामा ३९ जनाको मृत्यु भएको छ।

चैत्र १०, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्

सम्बन्धित वर्गका समाचारहरू