काठमाडौँ– कोरोना भाइरस संक्रमणको त्रासले अहिले धेरै ठाउँमा मानिसको आवतजावत पातलिएको छ। सरकारले अत्यावश्यक काममा बाहेक अरु बेलामा बाहिर ननिस्कन सर्वसाधारणलाई आग्रह गरेको छ। सोमबार साँझ सरकारले ७७ जिल्लामै लकडाउन गरेपछि आवतजावत लगभग शून्य हुने भएको छ।

सरकारले कोरोना भाइरस संक्रमण जोखिम घटाउनको लागि अत्यावश्यक सेवा दिने कार्यालय बाहेक अरु कार्यलयहरुलाई बन्द गरेपछि, विद्यालय तथा कलेज बन्द भएपछि काठमाडौँ छोडेर धेरै मानिसहरु बाहिरिएका छन्।

त्यसैले काठमाडौँमा मानिसको चहलपहल पातलिएको छ। गल्लीका पसलहरु बन्द भएका छन्। काठमाडौँका विभिन्न स्थानमा पसलका सटरहरु बन्द भएपनि मास्क झुण्डिएका देखिए। बाटोमा जति मानिस हिँडिरहेका छन् उनीहरु सबैको मुख मास्कले छोपिएको थियो।

मास्कमय काठमाडौँका केही तस्बिरहरु देशसञ्चारका फोटो पत्रकार सुलभ श्रेष्ठले कैद गरेका छन्।

चैत १०, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्