गुल्मी लकडाउन, पाल्पामा आन्तरिक सवारी साधन पनि बन्द, परासीमा ‘कर्फ्यू’

बुटवल–कोरोना संक्रमणको जोखिम बढ्दै गएपछि प्रदेश ५ का गुल्मी, पाल्पा र नवलपरासी पश्चिमले सतर्कता अपनाउन थालेका छन्। तर रुपन्देही, कपिलवस्तु, दाङसहितका जिल्लामा भने यस्ता कुनै निर्णय भएका छैनन्।

गुल्मीमा अनिश्चितकालसम्मका लागि लकडाउनको निर्णय भएको छ। पाल्पामा आन्तरिक सवारीसाधन पनि बन्द गरिएको छ भने नवलपरासी पश्चिममा सर्वसाधारण हिडडुलमा समेत रोक लगाइएको छ।

गुल्मी ‘लक डाउन’
जिल्ला प्रशासन कार्यालय गुल्मीले विश्वमा फैलिएको कोरोना संक्रमणको जोखिम न्यूनिकरण गर्न ‘लक डाउन’ गर्ने निर्णय गरेको छ।

जिल्ला सुरक्षा समितिको बैठकले ‘लक डाउन’ गर्ने निर्णय गरेको हो। प्रमुख जिल्ला अधिकारी भरतकुमार पौडेलले यो निर्णय अगाडी स्थानीय तहसंगै सर्वदलीय सर्वपक्षीय परामर्श गरेका थिए।

चैत्र १०, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्