भोलिदेखि जनकपुरधामबाट चल्‍ने सार्वजनिक सवारी बन्द

जनकपुरधाम-प्रदेश २ को राजधानी जनकपुरधामबाट सञ्चालन हुने बस सेवा बन्द हुने भएको हो।

विश्वभरी कोरोना भाइरस (कोभिड–१९) को संक्रमण बढेपछि जनकपुरधामबाट सञ्चालन हुने सम्पूर्ण यातायातको सेवा बन्द गर्ने निर्णय भएको हो।

माँ जानकी जनकपुरधाम यातायात प्रा.लि. का अध्यक्ष मनोज कुमारी चौधरीले भोली देखि चैत २१ गते सम्मको लागि आफु मातहत रहेको सम्पूर्ण बस सेवा बन्द गर्ने निर्णय गरेको हो।

प्रदेशको राजधानी जनकपुरधामबाट काठमाडौँ, विरगंज, विराटनगर, हेटौडा, लगायत देशको विभिन्न भागमा बस चल्दै आएको थियो।

प्रधानमन्त्री केपी शर्मा ओलीले लामो दुरीको यातायात सेवा बन्द गर्ने निर्णयलाई आत्मसात गर्र्दै भोलीबाट सम्पूर्ण बस सेवा बन्द हुने अध्यक्ष चौधरीले जनाएको छन्।

यसभन्दा केहि दिन पहिला मात्र प्रदेश २ को राजधानी जनकपुरधामबाट भारत विहारको राजधानी पटना सम्म सञ्चालन हुँदै आएको नेपाल भारत मैत्री सब सेवा बन्द भएको हो।

त्यस्तै सोमवार नै जनकपुरधाम उद्योग वाणिज्य संघले अतिआवश्यक खाद्यान्यका पसलहरुबाहेक सम्पूर्ण पसल चैत २१ गते सम्म बन्द गर्ने निर्णय गरेको हो।

चैत १०, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्