सेल्फ क्वारेन्टाइनमा बस्न मुख्यमन्त्री राउतको आग्रह

जनकपुरधाम- कोरोना भाइरस (कोभिड–१९) बाट संक्रमित व्यक्ति नेपालमा समेत भेटिएपछि यसको संक्रमणबाट बँच्न सेल्फ क्वारेन्टाइनमा बस्न प्रदेश २ सरकारले आग्रह गरेका छन्।

विश्वभरीनै महामारीको रुपमा फैलिदै गएको कोरोनाको प्रभावबाट बँच्न प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले सम्पूर्ण प्रदेशवासीसँग अपिल गरेका छन् ।

सरकार पक्षबाट मात्र यस समस्याको समाधान सम्भव नरहेकोले एक अर्का भन्दा टाढा रही सेल्फ क्वारेनटाइनमा बस्न आग्रह गरेका छन्।

प्रदेश २ को सबै जिल्ला भारतसँग जुडिएकोले यहाँ जोखिम समेत बढी भएको अवस्थामा सोमवार एक अपील जारी गर्दै यस समस्याबाट बँच्न सरकारको कदमलाई समर्थन जनाउँदै सेल्फ क्वारेन्टाइन बस्न मुख्यमन्त्री राउतले आग्रह गरेका छन्।

कोरोना रोकथामका लागी प्रदेश सरकारले यस अघि प्रदेशको ८ वटै जिल्लालाई ५०-५० लाख रुपैया उपलब्ध गराएको थियो।

प्रदेशमा जोखिम बढी रहेपनि त्यसबाट बँच्नको लागि खासै तयारी छैन्।

चैत्र १०, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्

सम्बन्धित वर्गका समाचारहरू