पेट्रोललियम पदार्थ, ग्यास आयात तथा ढुवानी बन्द नहुने

काठमाडौँ- नेपाल आयल निगमले अत्यावश्यक सेवाको कारोवार पेट्रोलियम पदार्थ, ग्यास आयात तथा ढुवानी निरन्तर चालु रहने जनाएको छ।

निगमका कार्यकारी निर्देशक सुरेन्द्रकुमार पौडेलले देशसञ्‍चारसँग कुरा गर्दै भने, ‘अत्यावश्यक सेवाको कारोवार पेट्रोलियम पदार्थ, ग्यास आयात तथा ढुवानी निरन्तर चालु रहन्छ। हामी अभाव हुन दिने छैनौँ।’

यसका साथै उनले निगमका आ–आफ्ना क्षेत्रका कार्यालय प्रमुख तथा ढुवानी व्यवसायीहरुले स्थानिय प्रशासन तथा भंसारसँग समन्वय गरी पेट्रोलियम पदार्थको ढुवानी कार्य सूचारु राख्न समेत जानकारी दिए।

सरकारले भारत तथा चीनका नाका मानिसहरुका लागि बन्द गरे पनि पेट्रोललियम पदार्थ, ग्यास आयात तथा ढुवानी बन्द नहुने उनले बताए।

चैत्र १०, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्