७७ जिल्लामै लकडाउन, बाहिर निस्कन प्रतिबन्ध

७७ जिल्लामै लकडाउन, बाहिर निस्कन प्रतिबन्ध

सरकारले मंगलबारदेखि लागू हुने गरी सर्वसाधारणलाई बाहिर निस्कन प्रतिबन्ध लगाएको छ। अनुमति प्राप्त र सुरक्षा निकायका बाहेक अन्य सवारी साधन बन्द गर्ने निर्णय पनि गरेको छ। योसँगै नेपालका ७७ वटै जिल्लामा मंगलबारदेखि एक साताका लागि पूर्णतया: लकडाउन हुने भएको छ। सरकारले मंगलबार बिहान ६ बजेदेखि चैत १८ गतेसम्मका लागि यो व्यवस्था गरेको हो।