च्याम्पियन्स लिग र युरोपा लिगको फाइनल मिति सर्‍यो

युरोपियन फुटबलको प्रशासकीय निकाय (युइएफए) ले च्याम्पियन्स लिग र युरोपा लिगको फुटबलको फाइनल पछि सारेको छ ।

कोरोना भाइरसको संक्रमणका कारण खेल गतिविधि स्थागित हुँदा च्याम्पियन्स लिग र युरोपा लिगसहित विश्व प्रमुख लिगहरु प्रभावित भएका छन् ।

मे ३० का लागि तय भएको च्याम्पियन्स लिग फुटबलको फाइनल जुन २७ तथा युरोपा लिगको फाइनल जुन २४ गर्ने बताएको छ । तर कोरोना भाइरसको संक्रमण बिस्तार हुँदै गए सो समयमा पनि खेल हुन सक्ने सम्भावना रहेको छैन ।

नयाँ मितिमा फाइनल हुनका लागि लिगका बाँकी खेलहरु पूरा गर्नु चुनौतिपूर्ण छ । त्यसका लागि युइएफएले च्याम्पियन्स लिग र युरोपा लिगका केही खेललाई एक मात्र लेगको नकआउट खेल बनाउने छ । अहिलेसम्म फाइनल बाहेकका नकआउट खेलहरु दुई लेगमा हुँदै आएका छन् ।

चैत ११, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्