देशभरको मौसम दिनभर कस्तो रहला?

काठमाडौँ – देशका विभिन्न क्षेत्रमा आंशिकदेखि सामान्य बदली तथा केही क्षेत्रमा मौसम सफा रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

नेपालमा अहिले पश्चिमी वायूको आंशिक तथा स्थानीय वायुको समेत प्रभाव रहेको मौसमविदले बताएका छन् ।

हाल देशको पश्चिमी भूभागमा आंशिकदेखि सामान्य बदली रहेको मौसमविदले बताएका छन् । यस्तै मध्य र पश्चिमका पहाडी भेगमा आंशिक बदली रहेको छ ।

मंगलबार दिउँसो देशको पश्चिमि भूभागमा सामान्य बदली रही बाँकी क्षेत्रमा आंशिकदेखि सामान्य बदली हुने जनाइएको छ । पश्चिम पहाडका थोरै स्थान र मध्य तथा पूर्वको पहाडी भू–भागका एक–दुई स्थानमा मेघ गर्जन र चट्याङ्ग सहित क्षणिक वर्षाको सम्भावना रहेको छ । पश्चिमको हिमाली भू–भागमा हल्का हिमपातको सम्भावना रहेको मौसमविदले बताएका छन् ।

मंगलबार राति देशको पश्चिमी भू–भागमा सामान्य बदली रही बाँकी क्षेत्रमा आंशिक बदली रहनेछ । पश्चिम पहाडका थोरै स्थानहरुमा मेघ गर्जन र चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको मौसमविदले बताएका छन् ।

चैत्र ११, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्