कोरोना संक्रमित किशोरीसँगै नेपाल आएका झापामा पनि फेला परे, चिकित्सकको निगरानीमा

झापा– फ्रान्सबाट कतार हुँदै गत चैत ४ गते नेपाल आएकी कोरोना भाइरस कोभिड १९ द्वारा संक्रमित किशोरीसँगै एउटै विमानमा नेपाल आएका झापाका एकजना पुरुष पनि फेला परेको जिल्ला प्रशासन कार्यालय झापाले जनाएको छ।

कार्यालयका अनुसार उनी हाल सेल्फ क्वारेन्टाइनमा रहेका छन्।

उनी चिकित्सकको निगरानीमा रहेको कोरोना संक्रमण लक्षण देखिनसाथ आइसोलेसनमा राखेर उपचार गर्ने चिकित्सकको योजना रहेको जिल्ला प्रशासन कार्यालय झापाले जनाएको छ।

चैत ११, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्