नेकपा सांसदले १५ दिनको पारिश्रमिक कोरोना नियन्त्रण कोषमा

काठमाडौँ – सत्ता रुढ नेकपाले आफ्ना संघीय संसदमा रहेका आफ्ना सांसदको १५ दिन बराबरको तलब कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषमा जम्मा गर्ने भएको छ।

कोभिड १९ सँग जुध्न सरकारले ५० करोडको कोष खडा गर्दै सहयोगका लागि सार्वजनिक आह्वान गरेपछि स्वस्फुर्त रुपमा रकम दिनेको क्रम बढिरहेका बेला नेकपाले संघीय संसदमा रहेका २२४ जना सांसदको १५ दिनको तलब कोषमा जम्मा गर्ने निर्णय गरेको हो।

नेकपाका प्रतिनिधिसभामा १७४ र राष्ट्रियसभामा ५० सांसद् छन्।

तर जसमध्ये २0 जना मन्त्रिपरिषद्मा रहेका छन्। उनीहरुले एक महिनाको पारिश्रमक कोषमा जम्मा गर्ने निर्णय गरेका छन्। संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङका अनुसार सांसदहरुबाट ६४ लाख ३९ हजार रुपैयाँ जम्मा हुनेछ।

नेकपाबाट सभामुख बनेका अग्निप्रसाद सापकोटा र राष्ट्रियसभा अध्यक्ष गणेश तिमिल्सिनाले सोमबार नै एक महिनाको तलब सहयोग गर्ने घोषणा गरिसकेका छन्।

कोभिड १९ विरुद्ध लड्न राष्ट्रपति विद्या भण्डारीले दुई महिना र उपराष्ट्रपतिले एक महिनाको पारिश्रमिक दिने घोषणा गरेका छन्। व्यापारिहरुले समेत कोषमा रकम जम्मा गर्ने निर्णय गरिरहेका छन्।

चैत ११, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्