बैंक तथा वित्तीय संस्थाहरु पूर्ण रुपमा बन्द नहुने

काठमाडौँ – बैंक तथा वित्तीय संस्थाहरु पूर्ण रुपमा बन्द नहुने भएका छन् । नेपाल बैंकर्स संघका अधयक्ष भुवन दाहालले सरकारले मंगलबारदेखि लागु गरेको लकडाउनमा बैंक तथा वित्तीय संस्थाको शाखा पूर्ण रुपमा बन्द नहुने जानकारी दिए ।

उनले अर्थ मन्त्रालयसँगको कुरा गरेर शाखा खोल्ने वातावरण मिलाएको जानकारी दिए । उनले भने, ‘आज बन्द नै भयो भोलिदेखि स्थानीय तहमा न्यूनतम एक शाखा खुल्नेछ।’

यस्तै उनले काठमाडौं बाहिरका लागि अर्थ मन्त्रालयले गृह मन्त्रालयलाई बैंकको शाखा खुल्लाका लागि पास उपलब्ध गराउन अनुरोध गरेको बताए ।
त्यसपछि बैंकले निश्चित बैंकका शाखा खोलेर बैंकिङ सेवा दिने जानकारी उनले दिए । ‘एटिएममा बैंकले नगदको व्यवस्थापन गर्नेछ’ उनले भने बीमाको हकमा पनि सोही व्यवस्था लागु हुने छ ।’

उनले ग्राहकहरुलाई सकेसम्म डिजिटल सेवाहरु प्रयोग गर्न आग्रह गरेका छन् ।

चैत ११, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्