यशुका अनुयायीलाई कोरोनाको संक्रमण नहुने भन्दै भ्रम फैलाउने पास्टर पोखराबाट पक्राउ

काठमाडौँ – कोरोना भाइरसको संक्रमण प्रभू यशुका अनुयायीलाई हुँदै भन्दै भ्रम फैलाउने इसाइ धर्म गुरु अर्थात पास्टर पोखराबाट पक्राउ परेका छन् ।

पोखरा–२९ पावर हाउस बस्दै आएका जुम्लाका केशवराज आचार्यले स्थानीय बासिन्दाहरुमा यशुका अनुयायीमा कोरोना भाइरसको संक्रमण नहुने भन्दै भ्रम फैलाएकाले सोमबार पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

प्रशस्त कटनी मण्डलीका पास्टर आचार्यले चीनमा यशूको अनुकम्पा रहेकाले कोरोनाको संक्रमण कम भएको र इसाइ धर्म मानेर यशुमा विश्वास गरे कोरोनाले नछुने भ्रम फैलाउँदै आएका थिए ।

उनीविरुद्ध मुद्दा चलाउने तयारी भएको प्रहरीले जनाएको छ ।

चैत ११, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्