‘सँगै बसेको व्यक्तिलाई कोरोना भाइरसको संक्रमण भएको नेपाल आएको पाँच दिनपछि थाहा पायौँ’

काठमाडौँ – बेलायतमा रहँदा सँगै बसेकी महिलामा कोरोना भाइरसको संक्रमण देखिएपछि चलचित्र निर्माता पुनम गौतम सेल्फ क्वारेन्टाइनमा बसेकी छन् ।

मारुनी चलचित्रकी निर्माता तीन हप्ता बेलायत बसेर हालै नेपाल फर्किएकी हुन् । आफूहरु नेपाल फर्किएको पाँच दिनपछि बेलायतमा रहँदा सँगै खाना खाएकी महिलामा कोरोना भाइरसको संक्रमण देखिएको थाहा पाएको र आफू आइसोलेसनमा बसेको गौतमले बताएकी छन् ।

उनले भनेकी छन्, ‘हामी बेलायतमा हुँदै खाना खाएका तथा सार्वजनिक कार्यक्रममा गएका थियौँ । नेपाल आएको पाँच दिनपछि उहाँलाई कोरोना भाइरसको संक्रमण भएको थाहा भयो । यसले मलाई पनि आशंका लागेपछि सेल्फ क्वारेन्टाइनमा बसेकी छु ।’

निर्माती पुनमसँगै मारुनीकी अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाह पनि बेलायतबाट सँगै स्वदेश फर्किएकी हुन् ।

पुनम र साम्राज्ञीले सँगै समय बिताएकी भगवती रानाभाट नाम गरेकी महिलामा कोरोना भाइरसको सक्रमण देखिएपछि अहिले आइसोलेसनमा बसेर उपचार गराइरहेकी छन् ।

चैत्र ११, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्