प्रदेश–२ः ग्रामीण क्षेत्रमा ‘लक डाउन’को प्रभाव न्यून

जनकपुरधाम– कोरोना भाइरस (कोभिड–१९)को जोखिम बढ्दै गएपछि सरकारले मंगलबारदेखि देशभर एक साताका लागि ‘लक डाउन गरेको छ।

तर प्रदेश–२ का ग्रामिण क्षेत्रमा भने ‘लक डाउन’ पूर्वरुपमा कार्यान्वयन भएको देखिएको छैन। सर्वसाधारणहरुले सरकारको निर्णय अटेर गरेका छन्।

महोत्तरी तथा धनुषाका ग्रामीण क्षेत्रमा सरकारको निर्णयको वेवास्ता गर्दै मानिसहरु घर बाहिर निस्केका छन्। पसलहरु पनि पूर्णरुपमा बन्द भएका छैनन्।

जिल्ला प्रशासन कार्यालयले अति आवश्यक काम बाहेक घरभन्दा बाहिर ननिस्कन तथा अति आवश्यक खाद्यान्य वस्तु बाहेकको व्यवसाय, विक्री वितरण बन्द गर्ने निर्णय गरेको थियो। प्रशासनको निर्णयलाईसमेत लत्याउँदै सर्वसाधारण तथा स्थानीय व्यापारीले व्यवसाय सञ्चालन गरिरहेका छन्।

ग्रामीण क्षेत्रमा प्रहरी प्रशासनको न्यून उपस्थितिका कारण यस क्षेत्रमा लकडाउनको असर कमै देखिएको हो। शहरी क्षेत्रमा देखिएता पनि ग्रामीण क्षेत्रमा यसको न्यून प्रभाव देखिएको छ।

उप्रधान तथा रक्षामन्त्री ईश्वर पाेखरेलकाे संयाेजकत्वकाे ‘कोभिड–१९ रोकथाम तथा नियन्त्रण उच्च स्तरीय समन्वय समिति’काे साेमबारकाे बैठकले मंगलबार (आज) देखि १८ गतेसम्म घरबाट बाहिर निस्कन नपाउने निर्णय गरेको हो।

चैत्र ११, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्