रिचार्जरबाट सामान किन्दा फेस मास्क र सेनीटाइजर नि:शुल्क

काठमाडौँ–मोबाइल एप रिचार्जरले एपबाट सामान खरिद गर्ने सेवाग्राहीलाई मास्क तथा सेनिटाइजर नि:शुल्क उपलब्ध गराउने भएको छ । रिचार्जरबाट सामान अर्डर गरेको १२ घण्टा भित्र काठमाण्डौं उपत्यकामा सामान डेलिभरी हुने रिचार्जरले जनाएको छ।

ग्लोबल की टेक्नोलोजीका अध्यक्ष अलाइभ ग्लाइडरले ‘कोरोना भाइरस (कोभिड १९) को सम्भावित जोखिमलाई मध्यनजर गर्दै सरकारले सर्वसाधारणलाई घरबाट बाहिर ननिस्किन गरेका अवस्थामा सर्वसाधारणको आवश्यक्ता पूरा गराउन यस्तो अभियान चलाएको बताए।

बजारमा मास्क र स्यानिटाइजरको अभाव भइरहेका बेला रिचार्जरबाट विद्युतीय उपकरण खरिद गर्दा निशुल्क मास्क र स्यानिटाइजर बितरण गर्दा सेवाग्राहीलाई सहज हुने विश्वास रिचार्जरले लिएको छ।

मोबाइलफोन, टेलिभिजन, ल्यापटप लगायतका उपकरण खरिद हरेक ग्राहले मास्क र सेनिटाइजर निशुल्क पाउने कम्पनीले जनाएको छ।

यस्तै घरबाट बाहिर निस्किन नमिल्ने अवस्थालाई ध्यानमा राख्दै मोबाइलएप बाट नै रकम भुक्तानी तथा किस्ताबन्दीको आवश्यक प्रकृया पुरा गर्ने व्यवस्था मिलाइएको कम्पनीले जानकारी दिएको छ।

किस्ताबन्दीमा सामान खरिद गर्न चाहनेहरुले शून्य प्रतिशत व्याजदरमा सामान खरिद गर्न सक्ने कम्पनीले जनाएको छ।

कम्पनीका अनुसार विभिन्न वाणिज्य बैंकको इन्टरनेट बैंकिंग, विद्युतीय भुक्तानी सेवा प्रदायकका प्रयोगकर्ताले मोबाइल एपबाट सामान खरिद गरे पछि सिधै रकम भुक्तानी गर्न सक्नेछन्।

चैत्र ११, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्

सम्बन्धित वर्गका समाचारहरू