‘लक डाउन’मा चलाइएका ८८ सवारीसाधन प्रहरी नियन्त्रणमा

वीरगञ्ज– कोरोना भाइरस (कोभिड–१९)को रोकथाम तथा नियन्त्रणका लागि सरकारले मंगलबारदेखि देशभर ‘लक डाउन’ गरेको छ।

यसैबीच बारामा ‘लक डाउन’ उल्लंघन गर्ने ८८ वटा सवारी साधानलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

अटेर गरी जिल्लाका विभिन्न स्थानहरुमा चलाइएका सवारीसाधनहरुलाई नियन्त्रणमा लिइएको बाराका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक गौतम मिश्रले जानकारी दिए।

नियन्त्रणमा लिइएका सवारीमध्ये सबैभन्दा बढी मोटरसाइकल छन्।

नियन्त्रणमा लिइएका सवारीसाधनहरुलाई कानुन अनुसार जरिवाना गरी एक पल्टको लागि सम्झाइ बुझाई छाडिने मिश्रले बताए।

चैत्र ११, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्

सम्बन्धित वर्गका समाचारहरू