दुरसन्चार कम्पनीलाई रिचार्जमा सतप्रतिशत बोनस दिन निर्देशन

काठमाडौँ- नेपाल दुरसन्चार प्राधिकरणले दुर सन्चार प्रदायक कम्पनीलाई रिचार्जमा सतप्रतिशत बोनस र २ सय रुपैयाँसम्म सापटी दिन निर्देशन दिएको छ।

प्राधिकरणको मंगलबार बसेको बैठकले विषम् परिस्थितीमा आफ्ना ग्राहकलाई सहयोग गर्न निर्देशन दिँदै उक्त निर्णय गरेको हो।

अब नेपाल टेलिकम, एनसेललगायत दुरसन्चार प्रदायक कम्पनीले रिचार्जमा ग्राहकलाई सतप्रतिशत बोनस उपलब्ध गराउनुपर्ने छ।

चैत्र ११, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्