कोरोनाको असरः टोकियो ओलम्पिक स्थगित

एजेन्सी– आगामी जुलाई २४ देखि हुने भनिएको टोकियो ओलम्पिक स्थगित भएको छ।

जापानका प्रधानमन्त्री सिन्जो आबे र अन्तर्राष्ट्रिय ओलम्पिक कमिटीका अध्यक्ष थाेमस बाचबीच मंगलबार भएको वार्तापछि ओलम्पिक स्थागनको निर्णय गरिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्।

कोरोना भाइरस (कोभिड–१९)ले विश्वव्यापी महामारीको रुप लिएपछि जापानको टोकियोमा हुने भनिएको ओलम्पिक स्थगित गरिएको हो। अब कोरोनाको महामारी अन्त्यपछि मात्रै ओलम्पिक हुने बताइएको छ।

जापान र अन्तर्राष्ट्रिय ओलम्पिक कमिटीमाथि ओलम्पिक स्थगित गर्न दवाव बढ्दै गएको थियो।

क्यानडा र अष्ट्रेलियाले आफ्ना खेलाडीहरुको सुरक्षा महत्वपूर्ण रहेको भन्दै टोकियो ओलम्पिकमा सहभागी नहुने बताएका थिए।

चैत्र ११, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्