कोरोना संक्रमित युवतीको स्वास्थ्य अवस्था सामान्य

काठमाडौँ– आइतबार कोरोना भाइरसको संक्रमण देखिएकी १९ वर्षीया युवतीको स्वास्थ्य अवस्था सामान्य रहेको छ।

फ्रान्सबाट कतारको दोहा हुँदै चैत ४ गते नेपाल आएकी युवतीमा आइतबार कोरोना भाइरसको संक्रमण ‘पोजेटिभ’ देखिए लगत्तै उनलाई टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालको आइसोलेसनमा राखिएको थियाे।

आइसोलेसनमा उपचार गराइरहेकी उनको स्वास्थ्य अवस्था सामान्य रहेको अस्पतालका निर्देशक डा. सागरराज राजभण्डारीले बताए।

उनले भने, ‘उहाँको स्वास्थ्य अवस्था सामान्य छ। उहाँलाई आइसोलेसनमा भर्ना गरेको आज तीन दिन भयो। अब ५ दिनमा दोस्रो परीक्षण गर्ने छौँ।’

भाइरसको संक्रमण देखा परेको यो दोस्रो पटक हो। योभन्दा अगाडि संक्रमित भएका व्यक्ति निको भएर घर फर्किसकेका छन्।

चैत ११, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्