थापा, पाल र लम्साल एआईजीमा बढुवा

काठमाडौँ – सरकारले नेपाल प्रहरीको रिक्त तीन अतिरिक्त महानिरिक्षक-एआईजीमा शैलेश थापा, हेमन्त पाल र तारिणिविक्रम लम्साललाई बढुवा गरेको छ। मन्त्रि परिषद् बैठकले उनिहरुलाई एआईजीमा बढुवा गर्ने निर्णय गरेको हो।

यसअघि गृह मन्त्रालयका सहसचिव महेश्वर न्यौपाने संयोजकत्वको समितिले उनिहरुलाई एआईजीमा बढुवा गर्न सिफारिस गरेको थियो। लम्साल वर्तमान आईजिपी ठाकुर ज्ञवालीका ब्याची हुन्।

३० वर्षे सेवा अवधि कायम रहे आगामी असार २६ गते थापा र पालमध्ये एक जना नेपाल प्रहरीको नयाँ आईजिपी नियुक्त हुनेछन्।

चैत्र ११, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्