कोरोना अस्पतालमा मृत्यु भएका युवकमा संक्रमण भेटिएन

काठमाडौँ- चितवनको भरतपुरस्थित कोरोना अस्पतालमा मंगलबार मृत्यु भएका सन्तोष यादवमा कोरोना भाइरसको संक्रमण नभएको पाइएको छ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा कोरोना भाइरस संक्रमणको परीक्षणका लागि गरिएको नमूना परीक्षणको रिपोर्ट नेगेटिभ आएको हो।

अस्पतालका प्रवक्ता डा. भोजराज अधिकारीले यादवको रिपोर्ट नेगेटिभ आएको जानकारी दिए।

वीरगञ्ज-२२ जगन्नथापुर निवासी ३० बर्षका यादवको कोरोना अस्पतालमा उपचारका क्रममा मंगलबार बिहन ९ः३० बजे मृत्यु भएको थियो।

अस्पतालले यादव पहिले देखि नै लुपसको बिरामी भएको बताएको थियो।

चैत ११, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्