देशभरको मौसम दिनभर कस्तो रहला?

काठमाडौँ – देशका अधिकांश क्षेत्रको मौसम बुधबार आंशिक बदली हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । पश्चिमी वायुको आंशिक प्रभावका कारण मौसम केही बदली भएको मौसमविदले बताएका छन् ।

हाल देशको मध्य र पश्चिमी पहाडी भू–भागमा सामान्य बदली रही बाँकी क्षेत्रमा आंशिक बदली भएको छ ।

बुधबार दिउँसो मध्य र पूर्वी भू–भागमा आंशिकदेखि सामान्य बदली भइ बाँकी क्षेत्रमा आंशिक बदली हुने मौसमविदले बताएका छन् ।

पहाडी क्षेत्रका थोरै स्थानमा मेघ गर्जन र चट्याङ्ग सहित क्षणिक वर्षाको सम्भावना रहेको छ।

राति पश्चिम क्षेत्रमा सामान्य बदली तथा अरु क्षेत्रमा आंशिकदेखि सामान्य बदली हुने जनाइएको छ । पूर्वी पहाडका एक–दुई स्थानमा मेघ गर्जन र चट्याङ्ग सहित वर्षाको सम्भावना रहेको मौसमविदले बताएका छन् । पूर्वी र मध्य हिमाली क्षेत्रमा हल्का हिमपातको सम्भावना रहेको छ ।

चैत्र १२, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्