कोरोना भाइरस संक्रमित युवती चढेको जहाजमा आएका बाँकेका चारजनाको खोजी हुँदै

नेपालगञ्ज – फ्रान्सबाट कतार हुँदै आएको जहाजमा रहेका बाँकेका चारजनाको खोजी सुरु भएको छ । चैत ४ गते आएको उक्त जहाजमा रहेकी १९ वर्षीया युवतीलाई कोरोना भाइरसको संक्रमण पुष्टि भएपछि खोजी सुरु भएको हो ।

कोरोना संक्रमित किशोरी रहेको जहाजमा रहेका सबैलाई क्वारेन्टाइनमा राख्ने नीति अनुरुप बाँकेमा चारजनाको खोजी भइरहेको हो ।

बाँकेमा प्रहरीमा चारैजनाको नाम र नागरिकता नम्बर पठाएर खोजतलास गर्न पत्र आइपुगेको छ । उनीहरुको ठेगाना खुलाइएको छैन । ठेगाना नखुलेकाले अब जिल्ला प्रशासन कार्यालयमा गएर नागरिकता नम्बर भिडाएर ठेगाना पत्ता लगाउनु पर्ने भएको प्रहरीले जनाएको छ ।

बाँके प्रहरी प्रवक्ता डिएसपी शिवबहादुर सिंहले फ्रान्सबाट कतार हुँदै आएको जहाजमा सवार बाँकेका चारजनाको खोजतलासका लागि पत्र आएको र आफूहरुले उनीहरुको खोजी सुरु गरेको जानकारी दिए ।

चैत्र १२, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्

सम्बन्धित वर्गका समाचारहरू