लकडाउको समयमा चलचित्र ‘आमा’ डिसहोममा

aama-nepali-movie

काठमाडौँ– चलचित्र ‘आमा’ घरमा नै बसेर हेर्न मिल्ने भएको छ। चलचित्रकी नायिका सुरक्षा पन्तले आफ्नो फेसबुकमार्फत यो जानकारी गराएकी हुन्।

उनले ‘कोभिड १९’ बाट बच्न घरमा बसौँ भन्दै आउँदो शुक्रबारबाट डिसहोम सिनेघर च्यानलमा चलचित्र प्रशारण हुने जानकारी गराएकी हुन्। उनले सपरिवार हेर्न सकिने बताएका छन्। उनले थप लेखेकी छन्, ‘तपाईको बसाई स्वास्थ्य अनि उपलब्धिमूलक होस्।’

यस्तै चलचित्रका निर्देशक दिपेन्द्र के खनालले पनि कोरोना विरुद्धको लडाईमा एक हौँ भन्दै चलचित्र ‘आमा’ चलचित्र घरमा नै हेर्न सकिने बताएका छन्।

चलचित्र आमामा तीन आमाहरुको कथा छ। यो चलचित्रमा अभिनेत्री मिथिला शर्मा शीर्ष भूमिकामा छिन् भने नायिका सुरक्षा पन्त र सरिता गिरी पनि चलचित्रमा प्रमुख पात्र छन्।

चैत्र १२, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्