लकडाउन अवज्ञा गर्नेलाई प्रहरीले ‘उठबस’ गरायो, एसपी भन्छन्, ‘भिडियो पठाउनुस् न’

दाङ– दाङमा प्रहरीले लकडाउनको अवज्ञा गर्ने व्यक्तिलाई ‘ठाउँको ठाउँ कारबाही’ गर्न थालेको छ।

लकडाउनको पहिलो दिन अवज्ञा गर्ने सवारी साधनलाई नियन्त्रणमा लिएको दाङ प्रहरीले बुधबार बिना काम घर बाहिर निस्किएका व्यक्तिलाई ‘उठबस’ गराएको छ।

घोराहीको मिलन चोकमा खटिएका प्रहरीले सडकमा आएका व्यक्तिलाई उठबस गराएको भिडियो सार्वजनिक भएको छ।

यता दाङका प्रहरी प्रमुख जनक भट्टराईले भने लकडाउन अवज्ञा गर्नेलाई उठबस गराउन नपाइने बताए। अवज्ञा गर्नेलाई पक्राउ गरेर मुद्दा चलाउन मातहतलाई निर्देशन दिएको उनले बताए।

उठबस गराएको भिडियोबारे उनले भने, ‘उठबस गराउन मिल्दैन । भिडियो छ भने मलाई पनि पठाउनुस् न।’

चैत १२, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्