उच्च स्तरीय संयन्त्रयको काम खुला बगैंचाबाट

काठमाडौँ – कोरोना भाइरसको संक्रमणबाट बच्न सरकारले मंगलबारदेखि देशभर लकडाउन घोषणा गरेको छ।

संक्रमण नियन्त्रणका लागि उपप्रधान एवं रक्षामन्त्री ईश्वर पोखरेलको संयोजकत्वमा उच्चस्तरीय समन्वयन समिति गठन गरेर सरकारी निर्णय र तयारीलाई तीव्र पारिएको छ।

चिकित्सकहरुले सकेसम्म एक व्यक्तिबाट अर्को व्यक्तिबीचको दूरी कायम गर्न सुझाव दिइरहेका छन्। त्यसैलाई मध्यनजर गर्दै उच्च स्तरीय समन्वय समितिले रक्षामन्त्रालयको प्रांगणमा रहेको पुतली बगैंचामा अस्थायी कार्यालय खडा गरेर काम गरिरहेको छ।

संयोजक पोखरेलका प्रेस संयोजक लोकेन्द्र केसीका अनुसार संक्रमणलाई नहोस् भन्नका लागि समितिका महत्वपूर्ण छलफल खुला बगैंचामा दूरी कायम गरेर गर्ने गरिएको छ।

चैत १२, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्