लकडाउनको दोस्रो दिन यस्तो देखियो काठमाडौँका सडक (तस्विरमा)

काठमाडौँ- कोरोना रोकथाम तथा नियन्त्रणका लागि सरकारले लागू गरेको ‘लकडाउन’को दोस्रो दिन बुधबार पनि काठमाडौँ उपत्यकाका सडकमा छिटफुट पैदल यात्री र सवारी साधनहरु देखिए।

सरकारले अत्यावश्यक कामबाहेक घरबाहिर ननिस्कन लगातार निर्देशन दिइरहेको छ। सञ्चार माध्यमसहित विभिन्न माध्यमबाट यस सम्बन्धी सूचनाहरु पनि प्रवाह भइरहेका छन्। तर सडकहरु पुरै खाली हुन सकेका छैनन्। केही यात्रुहरुले मास्क समेत प्रयोग नगरेको देखियो।

जनपथ प्रहरी, ट्राफिक प्रहरी, शसस्त्र प्रहरी त्यसरी सरकारको निर्देशन उल्लंघन गर्नेलाई सम्झाई बुझाई गरिरहेका देखिन्छन्।  प्रहरीले विभिन्न ठाउँमा सवारी साधन नियन्त्रणमा लिएर ‘कारबाही’ गरिरहेको थियो।

तस्विरहरु- वर्षा शाह

 

चैत १२, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्