काबुलको शिख मन्दिरमा हमला, २५ जनाको मृत्यु

अफगानिस्तानको राजधानी काबुलमा रहेको शिख मन्दिरमा भएको आक्रमणमा परी २५ जनाको मृत्यु भएको छ। शिख मन्दिरमा आत्मघाती बम हमला गर्नुका साथै बन्दुकधारीले अन्धाधुन्ध आक्रमण गरेका थिए ।

काबुलको मध्यक्षेत्र शोर्बाजारमा रहेको मन्दिरमा आक्रमण भएको हो । आक्रमणका बेला १५० जना श्रद्धालु मन्दिर भित्र रहेको बताइएको छ ।

केही मानिसलाई उद्धार गरिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले बताएका छन् । तालिबान बिद्रोहीले बुधबारको यो आक्रमणमा आफ्नो संलग्नता अस्वीकार गरेको छ ।

चैत १२, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्