दाङको बेलझुण्डीमा १०० बेडको कोरोना विशेष अस्पताल

दाङ-दाङको बेलझुण्डीमा १०० बेडको कोरोना बिशेष अस्पताल सञ्‍चालनमा आएको छ।

प्रदेश नम्बर ५ को सरकारले एक सय बेडको कोरोना बिशेष अस्पताल सञ्‍चालनमा ल्याएको हो।

पकोरोना भाइरसका संक्रमित बिरामीको उपचारका लागि आइसोलेसन कक्ष सहितको अस्पताल सञ्चालनमा ल्याइएको छ ।

प्रदेश नम्बर ५ ले दाङसहित रुपन्देही र बाँकेमा समेत आइसोलेन सहितका अस्पताल तयार पारेको छ । प्रदेश सरकारका आन्तरिक मामिला तथा कानून मन्त्रीको प्रत्यक्ष निगरानी रहेको छ।

आइसोलेसन कक्षमा जिल्लाका सरकारी अस्पतालबाट जनशक्तिको ब्यबस्थापन गरिएको दाङका प्रमुख जिल्ला अधिकारी गोबिन्द रिजालले जानकारी दिए ।

जिल्लाका राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठान र राप्ती प्रादेशिक अस्पतालबाट जनशक्ति खटाउने निर्णय भएको छ ।

दश करोडको कोष बनाउने निर्णय गरेको सरकारले नाका तथा बजारक्षेत्रलाई निगरानी गर्ने समेत निर्देशन दिएको छ । यस्तै प्रदेश अन्तर्गत रहेका नाकाक्षेत्रलाई समेत जाँचमा कडाई गर्न आग्रह गरेको छ।

दाङमा यसअघि निजी तथा सरकारी अस्पतालहरुले ६१ वटा आइसोलेसन कक्ष सञ्चालन गरेको जनाएका छन्।

१३ वटा अस्पतालहरुले कम्तीमा तीनदेखि दश वटासम्म आइसोलेसन कक्ष सञ्चालन गरेको जनाएका हुन्।

चैत्र १२, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्